डोनेस्क ।
रुस नियन्त्रित पूर्वी युक्रेनको डोनेस्क सहरको भीडभाड भएको बजारमा बमबारी हुँदा २५ जना मारिएका छन् । यस क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले युक्रेनी आक्रमणमा अन्य २० जना घाइते भएको बताएका छन् ।
यो सहर युद्ध मोर्चाबाट २० किलोमिटर टाढा छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रुसका विदेशमन्त्रीले आक्रमणको निन्दा गर्दै यसलाई सर्वसाधारणमाथि ‘बर्बर आतंकवादी हमला’ भनेका छन् ।
युक्रेनले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। रोयटर्सले सार्वजनिक गरेका तस्बिरहरूले क्षतिग्रस्त पसल र सडकमा शवहरू देखिन्छ।