काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि गर्न १९ बुँदे मागहरु अघि सारेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै संघले विभिन्न मागहरु पूरा नभए श्रमिकलाई विदेश पठाउन बन्द गर्ने चेतावनी दिएका छन् ।
व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाएवापत मागपत्रमा उल्लेख भएको न्युनतम १ महिना तलब बराबरको सेवा शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेका छन् । ‘वैदेशिक रोजगारमा जाँदा लाग्ने कामदारको खर्च शिर्षक निर्धारण गरियोस्,’ सचिव केवलप्रसाद भण्डारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै काठमाडौंस्थित साउदी अरेबियाको दूतावासले कामदारलाई आर्थिक भार पार्ने गरी अनिवार्य बायोमेट्रिक गर्नुपर्ने व्यवस्था गरेकोमा समेत संघले आपत्ति जनाएको छ । सो व्यवस्था हटाउन हटाउन तत्काल कूटनैतिक पहल गर्न माग भएको छ ।













