लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने मन्त्रालयको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको जिम्मा प्रदेशहरुलाई दिने तयारी गरेको छ ।

आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरुबिचको उच्चस्तरीय समन्वय बैठक राख्दै मन्त्री प्रकाश ज्वालाले लाइसेन्स वितरणको सन्दर्भमा सम्बन्धित प्रदेशहरुलाई नै सुम्पिने तयारी गरिरहेको बताए ।

हाल लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासहित सवारी दर्ता तथा नवीकरणको अधिकार प्रदेशस्तरिय यातायात कार्यालयहरुलाई दिएपनि लाइसेन्स छपाई संघीय यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

सातै प्रदेशबाट लाइसेन्स छपाइको चाप केन्द्रमा पर्ने र समयमा नै स्मार्ट कार्ड र छपाई मेसिन उपलब्ध नहुँदा लाइसेन्स छपाइमा समस्या परिरहेको मन्त्री ज्वालाले स्पष्ट पारे ।

हाल १४ लाख लाइसेन्स छपाई पेन्डिङमा रहेको बताउँदै मन्त्री ज्वालाले सोमध्ये ६ लाख स्मार्ट कार्ड छपाई भइसकेको र छ लाख कार्ड तत्काल छपाइको चरणमा रहेको

  • ७ माघ २०८०, आईतवार १५:५८ प्रकाशित