उपचार खर्च फिर्ता गर्ने रास्वपा सांसद असीम शाहको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत घोषणा गर्दै उनले आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको दाबी गरेका छन् ।

सांसद शाहले भनेका छन्– ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाँचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया इमानदारीपूर्वक पुरा गरेको हुँ । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद । भोलि बैंक स्टेटमेन्ट चेक गर्छु र ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुःख पनि अनेक छन् है । कुरो यत्ति हो। प्रश्नका लागि धन्यवाद ।’

सांसद शाहले आफूले उपचार खर्च भुक्तानी नलिएको दाबी गरे पनि उनले भुक्तानी लिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।प्रतिनिधिसभाको एक वर्षको अवधिमा ४२ जना सांसदहरूले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएका थिए ।

  • ७ माघ २०८०, आईतवार १४:४७ प्रकाशित