पोखरा महोत्सवमा आज दिउँसो ज्योति मगर र साँझ सुगम पोखरेल आउने

केन्द्रभाग मिडिया

पोखरा ।

१२ औँ पोखरा महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए ।

महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदन फाइनल राउण्डमा प्रवेश गरेको छ । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार दिनको एक बजे हुने विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए ।

  • ७ माघ २०८०, आईतवार १०:०० प्रकाशित