काठमाडौं ।
सशस्त्र प्रहरी बलले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँका पाँच सय ५६ वटा घर टहरा हटाएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन थालेकोमा अहिलेसम्म पाँच सय ५६ वटा घर टहरा हटाइएको जानकारी दिएका हुन् ।
सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको उनले बताए । अहिलेसम्म १७ किलोमिटर खाली भएको छ।
मानिसहरूले घर टहरा बनाएर बसेकाले केही ठाउँमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले जानकारी दिए । उनका अनुसार दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातीमा समेत रोक लगाइएको छ ।