काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गरी नेपाल फर्किएका हुन् ।
महतोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने चाहना गरे पनि मोदीसँग भेट्न नसकेको महतोका निकट नेताहरु बताउँछन् । महतो भारतबाट फर्केपछि निकै उत्साहित देखिन्छन् । आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने तयारीमा उनी जुटेका छन् । लोसपाबाट विद्रोह गरेपछि माघ ५ गते नै उनी मधेसमा एउटा अभियानको सुरुवात गर्ने तयारीमा जुटेका थिए ।
तर सोही तयारीको क्रममा दौडधुप गर्दा तयारी नपुगेपछि माघ ५ को समयसीमालाई सारिएको स्रोतले दाबी गरेको छ । महतो निकट एक नेताका अनुसार माघ महिनाभित्रै आन्दोलन सुरु हुनेछ