गोरखा र लमजुङमा सत्तापक्षीय गठबन्धनको मतदाता भेटघाट

केन्द्रभाग मिडिया

 

पोखरा ।
राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले आज गोरखा र लम्जुुङमा मतदाता भेटेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै आफ्ना चुनावी गतिविधि बढाएको हो ।

गोरखा र लम्जुुङमा आयोजित छुुट्टाछुुट्दै कार्यक्रममा उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी भएको बताए ।

गोरखामा आयोजित कार्यक्रमको नेपाली काँग्रेस गोरखाका सभापति नन्दु न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उम्मेदवारत्रय सहित नेकपा माओवादी केन्द्रका तर्फबाट गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुुप्रसाद लामिछाने लगायतका नेताहरूले बोल्नुुभएको थियो । गोखरामा उम्मेदवारहरूलाई नेपाली काँग्रेस गोरखा र नेकपा माओवादी केन्द्र गोरखाले पार्टी कार्यालयमा छुुट्टाछुुट्दै स्वागत गरेका थिए ।

लम्जुुङमा आयोजित कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस लम्जुुङका सभापति एवम् गण्डकी प्रदेशसभा सदस्य डा।टकराज गुुरुङले गरेका थिए । कार्यक्रममा उम्मेदवार सहित नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, नेकपा माओवादी केन्द्रका गुणाखर बस्याल, आशा कोइराला लगायतका नेताले सम्बोधन गरेका काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला९मधुु०ले जानकारी दिए ।

गठबन्धन दलका तर्फबाट गण्डकी प्रदेशका नवलपुर, गोरखा र लम्जुुङमा मतदाता भेटघाट सम्पन्न गर्दै अन्य जिल्लामा आगामी ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

  • ३ माघ २०८०, बुधबार १८:५० प्रकाशित