खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार ग्रिन हाईड्रजन नीति पास गरेको छ ।

  • ३ माघ २०८०, बुधबार १६:५८ प्रकाशित