काठमाडौँ ।
बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप ६१ खर्ब नाघेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस २७ गते अर्थात् १२ जनवरी, २०२४ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको हो ।
पुस २३ गते यस्तो निक्षेप बैंकहरुसँग ६० खर्ब ८५ अर्ब रहेको थियो । पछिल्लो चार दिनमा बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार सोही अवधिमा यता कर्जा केही बढेर ५० खर्ब ५८ अर्ब लगानी भएको छ ।