न्यूजिल्याण्डकी सांसदमाथि चोरीको आरोप , दिइन् राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ ।

सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् ।

मंगलबार सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सिसिटिभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो ।

संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् ।

  • ३ माघ २०८०, बुधबार १६:२४ प्रकाशित