सत्तापक्षीय गठबन्धनका उम्मेदवार मतदाता भेट्दै नवलपुरमा

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धनले आज नवलपुरमा मतदाता भेटघाट गरेको छ ।

सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै आफ्ना चुनावी गतिविधि बढाएको हो ।

नवलपुरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त सार्वभौम जनताको अधिकारलाई मजवुद बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिडाउनु सत्ता पक्षीय गठबन्धनमा आवद्ध राजनीतिक दलको मुख्य उद्देश्य भएको बताए ।

नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले संविधानको रक्षाका साथै देशको समृद्धिका लागि सत्तापक्षीय गठबन्धन बताए ।

कार्यक्रममा सत्तापक्षीय गठबन्धनका उम्मेदवारहरू, नेकपा एकिकृत समाजवादीका शालिकराम भट्टराई, नेकपा माओवादी केन्द्रका जगन्नाथ खनाल लगायतले बोलेका नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तो्ला(मधु) ले जानकारी दिए ।

निर्वाचन प्रचारप्रसार समितिले आजदेखि सुरु गरेको मतदाता भेटघाट कार्यक्रम अन्तर्गत आगामी ९ गतेसम्म प्रदेश भित्रका जिल्लामा पुुग्ने गरी तय भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

उनका अनुसार भोलि उम्मेदवारहरूले गोरखाका मतदाता भेट्ने कार्यक्रम छ ।

  • २ माघ २०८०, मंगलवार २१:१७ प्रकाशित