रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको युद्धमा परि ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको ज्यान गएको खबर प्राप्त भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको वडाध्यक्ष गुरुङले बताएका छन् ।

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

  • २ माघ २०८०, मंगलवार १५:५४ प्रकाशित