पोखरा ।
विभिन्न मुद्धामा फरार ७७ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
यही २०८० साल पौष १ गते देखी २९ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न वाँकी ७७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा चेक अनादार मुद्दामा ४४ जना,सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना,जालसाझी मुद्दामा ३ जना, लागू औषध मुद्दामा १३ जना,अभद्र व्यवहार मुद्दामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा १ जना, जुवातास मुद्दामा ३ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै केही सार्वजनिक अपराध मुद्दामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना, ज्यान सम्बन्धी मुद्दामा १ जना,सवारी ज्यान मुद्दामा १ जना, गैर कानूनी कारोवार सम्बन्धी मुद्दामा १ जना , अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना र लेनदेन बिगो सम्बन्धी मुद्दामा २ जना रहेका छन् ।
उनीहरुबाट १६ वर्ष २ महिना १४ दिन कैद सजाय र तिन लाख तिन हजार सात सय पाँच रुपैयाँ जरिवाना भुक्तान गरिएको प्रहरीले जनाएको छ ।













