काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा तीन जान घाइते भएका छन्। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।
घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।













