पोखरा ।
पोखराको न्युरोडबाट ९ जुवाँडे पक्राउ परेका छन् । हिजो (शनिबार, पुस २८ गते) साँझ ८ बजेर २५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले एक लाख बाईस हजार एक सय पचहत्तर रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ८ न्युरोड बस्ने बर्ष ३५ की दिपा पुन वडा १ बगर बस्ने बर्ष ५४ का जित बहादुर गुरुङ, वडा नं.११ बस्ने बर्ष ३६ की दिप्लव चोचाङ्गी, वडा नं.१८ साराङकोट बस्ने बर्ष ३६ की पवित्रा ढकाल, फुलवारी बस्ने बर्ष ७१ का तिर्थ बहादुर गुरुङ, वडा नं. १७ बिरौटा बस्ने बर्ष ५० का आईती गुरुङ, कास्कीको रुपा गाउँपालिका वडा नं १० रामबजार बस्ने बर्ष ३५ का अमर खनाल, पोखरा वडा नं.१४ बस्ने बर्ष ३६ का कुल बहादुर गुरुङ,र पोखरा वडा नं १७ बिरौटा बस्ने बर्ष ३२ का नबिन थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार वि.क ले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













