पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ ०१ र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६९ र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।