गाउँकाे विकास नभएसम्म विकासकाे अनुभुती हुँदैन : सांसद बैरागी

केन्द्रभाग मिडिया

पाेखरा ।

नेकपा एमालेका नेता एवं कास्की क्षेत्र नम्बर ३ का सांसद  दामोदर बैरागीले गाउँठाउँकाे विकाश नभई समग्रमा विकासकाे अनुभुती हुन नसक्ने बताएका छन् । प्रेेस क्लव गण्डकीकाे दाेस्राे साधारणसभा  एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा हाेमस्टे र सञ्चारकर्मीकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

सांसद बैरागीले धार्मिक, भाैगाेलिक र प्राकृतिक हिसावले सुन्दर स्थललाई त्यसकाे माैलिकपन जाेगाउँदै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । उनले वास्तविक माैलिक संस्कृतिलाई जाेगाउन हाेमस्टेले महत्वपूर्ण भुमिका खेलेकाे उनकाे भनाइ छ ।  हाम्राे शिक्षा र संस्कृतिमा बाहिय हस्तक्षेप बढेकाले गाउँमा नै राेजगारीकाे अबसर सृजना गर्न सक्नुपर्ने उनकाे धारणा थियाे ।

साधारण सभाकाे सफलताकाे कामना गर्दै उनले पत्रकारले आफै  गाउँमा पुगेर कार्यक्रम गर्दा प्रचारप्रसारमा निकै सघाउ पुग्ने उनकाे धारणा थियाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले हाेमस्टेका माध्यमबाट पर्यटन प्रवर्द्धनमा निकै महत्त्वपूर्ण रहेकाे धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गाेविन्द सुवेदीले  पर्यटकलाई गाउँठाउँमा लैजान र रहनसहन बुझाउन हाेमस्टे महत्त्वपूर्ण माध्यम रहेकाे बताए ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुस्मा पाैडेल सहरकाे निकै नजिक रहेकाे हाेमस्टे पर्यटककाे राेजाईमा पर्ने धारणा राखिन् ।

पाेखरा महानगर वडा नम्बर १९का वडा सदस्य  रामचन्द्र आचार्यले महानगरकाे विकट ठाउँमा कार्यक्रम गरेकाेमा आयोजक प्रति आभार प्रकट गरे । उनले गाउँकाे विकाशमा संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने धारणा राखे ।

रिङ्गे नाँशा हाेमस्टेका अध्यक्ष  संसेर बहादुर गुरुङले  उजाडिएकाे ठाउँमा हाेमस्टे सञ्चालन गरेर चलायमान गराउन खाेजेकाे बताए । उनले गाउँमा आउँदा सहरी सुविधा नभई गाउँकै खानपान र जीवनशैलीमा पर्यटक रमाउन पाउने जानकारी दिए । उनले माैरीभिरमा मह काड्न पाइने बताए ।

प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सचिव गाैरव त्रिपाठी लगायतले बाेलेका थिए ।

  • २७ पुष २०८०, शुक्रबार १९:५८ प्रकाशित