काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन् ।
पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले ठूलठूला प्रदर्शन गर्ने बताए । उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ ।’
देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए ।
‘यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपने हो’ तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मेरो पूर्ण विश्वास छ, हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं ।’
राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए ।
गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने उनले बताए । एक जना पूर्वराजालाई स्थान दिनासाथ के परिर्वतन हुन्छ भन्ने प्रश्नमा उनले ९पूर्व० राजालाई ठाउँ दिएर मात्र नपुग्ने बताए ।
निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण समान प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने बताए ।













