पृथ्वी जयन्तीको अवसरमा राप्रपाको जलपान कार्यक्रम : सर्वसाधारण र भीआईपीलाई फरक मेन्यु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् । साथै विभिन्न कूटनैतिक नियोगका पदाधिकारी पनि सहभागी रहेका छन् ।

चियापान कार्यक्रममा आएका पाहुनाहरूको स्वागतका लागि मञ्च बनाइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू अतिथिको स्वागतमा जुटिरहेका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका साथै विभिन्न दल नेताहरू सहभागी छन् ।

सर्वसाधारण र भीआईपीलाई फरक मेन्यु

राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ । झण्डै ६ हजार सहभागीलाई अर्पण व्याङकेटले मेन्युको व्यवस्था गरेको छ ।

सर्वसाधारणका लागि केरा, लड्डु चप, समोसा, निम्किन र चियाको व्यवस्था गरिएको छ । यसका लागि ६५ जना कर्मचारी खटिएका छन् ।

झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको अर्पण व्याङकेटका सञ्चालक शिव कुमार अग्रवालले जानकारी दिए ।

  • २७ पुष २०८०, शुक्रबार १५:३३ प्रकाशित