पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ ५५ र बिक्रीदर १४६ रुपैयाँ २१ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १८ र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।