बर्दिया ।
बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको ज्यान गएको छ ।
गएराति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।













