पोखरा ।
बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरु हुदैँछ । पोखराको अमरसिंह चौरमा आजबाट सुरु हुने महोत्सव माघ ८ गतेसम्म चल्ने छ ।
महोत्सवको आज दिउँसो १ बजे प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गर्नेछन ।
यूनाइटेड क्लबको आयोजनामा हुन लागेको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरेको हो ।महोत्सव पूर्व पोखरा रंगशालाबाट महोत्सव स्थल अमरसिंह मैदान सम्म झांकी र र्याली सहितको सहभागीता रहने छ ।
महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो ।
र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक बिनोद श्रेष्ठले पोखरा महोत्सव सामाजिक सेवाका लागि आयोजना गरिएको महोत्सव भएकाले महोत्सवको सुरक्षामा आफ्नो युनिटले सहकार्य आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने वताए ।
र्यालीमा महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, महोत्सव आयोजक, महोत्सव सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।













