काठमाडौँ ।
हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । गत २८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले एअरलाइन्सलाई ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आईओएसए प्रमाणीकरण गरेको हो ।
‘हिमालय एअरलाइन्स् प्रा।लि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, प्रमाणपत्रमा लेखिएको छ ।
हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्ने कम्पनीको भनाइ छ ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्ने बताए ।













