आज डलरको भाउ कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४५ रुपैयाँ २५ र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७२ र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।

  • २४ पुष २०८०, मंगलवार १०:१५ प्रकाशित