काठमाडौं ।
नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ ।
ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर अन्दाज गरिएको बताए ।
मुलुकको संविधानले समेत हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने ब्यवस्था गरेपनि त्यसविपरित कांग्रेसले उम्मेदवार चयन गरेको उनको भनाइ छ । महासचिव राईले पटकपटक अवसर पाएका व्यक्तित्वलाई दोहोर्याई तेहर्याई राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको बताए ।
मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बन्चित गराइएको बताए ।













