पोखरा १६ मा रास्वपा वडा अधिवेशनको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ ।

रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी शुरु गरेको सभापति केशव वस्नेतले जानकारी दिए । वडा अधिवेशनको तयारीका विषयमा सोमवार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधीको सहभागिता लगायतका विषयमा जानकारी दिए ।

वडा अधिवेशनले पार्टीको अभियानलाई थप मजवुत र सशक्त वनाउने वताउदैँ, यसले जनताको आर्कषण वढ्ने स्पष्ट पारे । छलफलमा स्वतन्त्र पार्टीका नेताहरु दुर्गा रञ्जित श्रेष्ठ, शोभा कायस्थ, नारायण आचार्य, अरविन तुलाचन, जीवन वहादुर वस्नेत लगायतले पार्टीले अगाडी सारेको योजनाको विषयमा जानकारी गराएका थिए ।

यही पुस २८ गते शनिवार प्रथम ऐतिहासिक अधिवेशन गर्ने र अधिवेशनले आगामी ५ वर्षका लागी नयाँ समिति चयन गर्ने सचिव विश्ववन्धु थापाले जानकारी दिए । वडा समितिमा सभापति र सदस्यको निर्वाचन हुने व्यवस्था पार्टीमा रहेको वताईएको छ ।

  • २३ पुष २०८०, सोमबार १६:०२ प्रकाशित