जनकपुरधाम ।
नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ ।
उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ ।
सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराएकी हुन्
एमालेले महोत्तरीका डा। सिंह र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।













