सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

केन्द्रभाग मिडिया

धनगढी ।

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।

  • २३ पुष २०८०, सोमबार १५:०५ प्रकाशित