गण्डकीमा एमालेले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

केन्द्रभाग मिडिया

नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश अध्यक्ष नबराज शर्माका अनुसार, गण्डकीमा एमालेबाट मोहनलाल शर्मा, सम्झना देवकोटा र हेमन्त शेरचन उम्मेदवार बन्ने भएका छन् ।

अन्य क्लस्टरबाट शर्मा, महिलाबाट देवकोटा र अल्पसंख्यकरअपाङ्गताबाट शेरचन उम्मेदवार बन्नेछन् । आगामी ११ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

  • २२ पुष २०८०, आईतवार १६:५५ प्रकाशित