राष्ट्रियसभामा ३ सिट पाउनुपर्ने नेकपा एसको अडान

केन्द्रभाग मिडिया

काठमाडौं ।

एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ ।

राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन ।

कांग्रेस–माओवादी नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।

तर त्यसमा एकीकृत समाजवादीले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको बताएका छन् ।

एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको एक सिट घट्ने छ र ९ हुनेछ ।स्रोतका अनुसार ३ सिट नदिने हो आफूहरुले सबैतिर उम्मेदवार उठाउने एकीकृत समाजवादीको चेतावनी छ ।

  • २२ पुष २०८०, आईतवार १३:४७ प्रकाशित