पोखरा ।
कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औ साधारण सभाले कार्कीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी, सचिव मिनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि बर्षाकेशवर पराजुली र सदस्यहरुमा किरण अधिकारी, दिपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।
साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहेकोे लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ ।
गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार भेषराज रिजालले साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाको पुँजी उत्पादन क्षेत्रमा लगानी हुनु पर्ने आवश्यकता आंैल्याए ।
नीति र विधि विपरित सञ्चालन हुँदा सहकारीमा चुनौती देखिएको उल्लेख गर्दै उनले सञ्चालक समितिको गतिविधिका वारेमा शेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिए । कार्यक्रममा बखान सहकारी अवार्डबाट सनराईज वचत तथा ऋण सहकारी संस्था र राईफासन सहकारी अवार्डबाट जनसेवा वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीलाई सम्मान गरिएको थियो ।
कास्की जिल्लामा ६६० वटा सहकारी संस्थामध्ये ४०५ वटा वचत तथा ऋण सहकारी संस्थामा शेयर पुँजी दुई अर्व, निक्षेप १८ अर्व , ऋण प्रवाह २० अर्व रहेको संस्थाले दुई हजार पाँचसय जनालाई प्रत्येक्ष रोजगार दिंदै आएको साधारणा सभामा अध्यक्ष भेषराज बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमा नेप्स्कुन केन्द्रीय संचालक सदस्य कमला गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संस्थाका निवर्तमान अध्यक्ष सुदिपमोहन ढकाल, दुग्ध सहकारीका पुण्यप्रसाद पौडेल, संघका उपाध्यक्ष श्रीकान्त ढुङगाना, सचिव ईश्वरप्रसाद सुवेदी, कोषाध्यक्ष शेरबहादुर कार्की लगायतले कतिपय सहकारी संस्थामा देखिएको समस्या र चुनौतिको सामना गर्नका लागि नियमन निकाय एवम् सरोकारवालाले सकृयता बढाउनु पर्ने खाँचो औल्याएका थिए ।