सर्लाहीका मेयरविरुद्धको आन्दोलनमा प्रहरीले चलायो गोली, एक प्रदर्शनकारीको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सर्लाहीका मेयरविरुद्ध भइरहेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक प्रर्दशनकारीको ज्यान गएको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध स्थानीले आन्दोलन गरेका थिए । आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरीले बताएको छ। प्रहरी चलाएको गोली लागेर एक जनाको ज्यान गएको हो।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको ज्यान गएको प्रहरीले बताएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् ।
आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

  • २० पुष २०८०, शुक्रबार १७:०४ प्रकाशित