भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार  आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

  • २० पुष २०८०, शुक्रबार १०:३६ प्रकाशित