शनिवार पोखरामा ‘चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ‘चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल’ आयोजना हुने भएको छ ।

चंगा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते(जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल आयोजना हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।फेस्टिवल बिहान ११ बजेदेखि सुरु हुने आयोजक चंगा प्रोडक्सनले जानकारी दिएको छ ।

फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र श्रीजल विक्रम भण्डारीले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ ।फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेबाट लिन सकिनेछ ।

चंगा म्युजिक फेस्टिवलले संगीत र कलाको माध्यमबाट विविध संस्कृतिहरुको प्रर्वद्धन गर्ने आयोजकको अपेक्षा छ । यो फेस्टिवलले विभिन्न प्रकारका कलात्मक अभिव्यक्तिहरूलाई प्रदर्शन र प्रशंसा गर्ने प्लेटफर्मको रूपमा काम गर्छ भन्ने बारे विस्तार गर्ने पत्रकार सम्मेलनमा आयोजकको भनाई थियो ।

महोत्सवले युवा सशक्तिकरणमा सहयोग पुराउने आयोजकले बताएको छ । यो महोत्सव युवाहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न ठाउँ प्रदान गरेर सशक्तिकरणमा ध्यान केन्द्रित गरी डिजाइन गरिएको आयोजकको दाबी छ ।

युवा कलाकार र संगीतकारहरूलाई प्रोत्साहन गर्ने, प्रतिभा र नवप्रवर्तनलाई पोषण गर्ने वातावरणलाई बढावा दिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले उल्लेख गरेको छ ।महोत्सवमा सामुदायिक निर्माण, जडान र सहकार्य बढाउन उत्प्रेरकको रूपमा काम गर्ने बारे छलफल हुने बताइएको छ ।

महोत्सवले साँस्कृतिक आदानप्रदान, सामाजिक परिवर्तनको लागि प्रेरणा,कला र संगीतको विश्वव्यापी भाषा मार्फत सकारात्मक सामाजिक परिवर्तनलाई प्रेरित गर्ने लक्ष्य रहेको आयोजक चंगाले पत्रकार सम्मेलनमा बताएको छ।

आयोजक चंगााले यो महोत्सवमार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न विशेष पहल र सहकार्यहरूबारे छलफल गर्ने भएको छ ।
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पनि आफुहरुले पहल गर्ने आयोजकको भनाई छ ।

  • १९ पुष २०८०, बिहीबार १५:४९ प्रकाशित