काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सामुहिक भेट गरेका छन् । पूर्व राजा शाहलाई भेट्न राप्रपा नेताहरु भैरहवा पुगेका छन् । पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको बताइएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन् ।
स्रोतका अनुसार पूर्वराजाले उनीहरुलाई भेट्न बोलाएका हुन्। उनले राप्रपाका नेताहरुलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन् ।