काठमाडौं ।
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ । कास्की जिल्ला अदालतमा जिल्ला न्यायधीशको रुपमा केशवप्रसाद बास्तोला र धुव्र कुमार पिया नियुक्त भएका छन् ।
नियुक्त न्यायाधिशको नाम हेर्न यहाँ क्लिक गर्नुहोस ।













