अदालतबाट हत्कडीसहित थुनुवा फरार

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । फरार खड्काको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • १८ पुष २०८०, बुधबार १६:०२ प्रकाशित