यी स्थानमा आज हिमपातको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

आज दिउँसोा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • १७ पुष २०८०, मंगलवार ०८:०८ प्रकाशित