ईपीएस विवाद : मन्त्रालयले कोरियाली राजदूतसँग भोलि छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

‘सिप बिल्डिङ’ वालाहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ । मंगलबार बिहान ११ बजे राजदूत एच।ई। तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको हो ।

सहसचिव राजीव पोखरेलका अनुसार राजदूतसँग ईपीएसमा देखिएको विवादबारे छलफल गरेर निष्कर्ष निकाल्ने तयारी मन्त्रालयको छ । यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।

  • १६ पुष २०८०, सोमबार १६:५७ प्रकाशित