जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

केन्द्रभाग मिडिया

जापानमा शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युडको भुकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको अनुसार सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको छ । जापानको मौसम विभागले त्यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सञ्‍चार संस्थाहरुले प्रकाशन गरिरहेका छन् ।

  • १६ पुष २०८०, सोमबार १४:५५ प्रकाशित