निषेधित क्षेत्रमा प्रर्दशन गर्न पुगेपछि मन्त्री शाह पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

सरकारले तोकेको निषेधित क्षेत्रमा प्रर्दशन गर्न गएकी मन्त्री नै पक्राउ परेकी छन् । सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले आयोजना गरेको प्रदर्शनमा पुगेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी जनमत पार्टीकी प्रभावशाली नेतृसमेत हुन् ।

धोती दिवश मनाउने भन्दै सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा पुगकी थिइन् ।

प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहित ६३ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ ।

  • १६ पुष २०८०, सोमबार ११:१४ प्रकाशित