वर्तमान सरकारले देशमा निरासा बढायो : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बर्तमान सकारले देशमा निरासा मात्र बढाउने काम गरेको बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको उनको भनाई छ । देश नै बर्बादीतिर उन्मुख गराएको उनले जिकिर गरे ।
पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो।

उप महासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गरे । उनले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो ।

बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गरे।
बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकतासहित प्रतिवद्ध भएर लाग्न आग्रह गरे।

बैठकले पार्टी कमिटीका सदस्यहरूको कार्य बिभाजन गरेको छ । जस अनुसार गण्डकी प्रदेशका निर्बाचन क्षेत्र ,भूगोल जिल्ला, पालिका, जनवर्गीय संगठनसहित विभिन्न बिभागीय जिम्मेवारी तोकेको सचिब धनन्जय दवाडी जानकारी दिए ।

सचिब दवाडीका अनुसार पार्टीबाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाइ प्रशिक्षणसहित प्रथम अधिबेशनबाट निर्बाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाइ नेतृत्व बिकास कार्यशाला समेत आयोजना गर्ने निर्णय भएको छ।

  • १४ पुष २०८०, शनिबार १८:०७ प्रकाशित