पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश अन्तर्गतका जिल्लाहरुको अधिवेशन चैत भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार बैठकले जनबर्गीय संगठनको अधिबेशन माघ भित्र तथा जिल्ला अधिबेशन चैत्र भित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ भने पहिलो अधिबेशनबाट निर्बाचित छुट सदस्यहरूको सपथ समेत सम्पन्न गरेको अधिकारीले जानकारी दिइन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।