काठमाडौं ।
बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको हो ।