अपडेट : लेखनाथमा बसको ठक्करबाट घाइते एक जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट घाइते मध्ये एक जनाको ज्यान गुमेको छ ।

ठक्करबाट गम्भिर घाइते फूटपाथमा व्यापार गर्ने भारतकी इश्श्रावती कुमारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) उपचारका क्रममा ज्यान गुमेको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

दुर्घटनामा तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्दर्भ र पर्सा दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् । उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

कास्की प्रहरीका अनुसार विहान ८ : ५५ बजेको समयमा वागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

  • १४ पुष २०८०, शनिबार ११:०४ प्रकाशित