सर्वेश्वर व्यवसायी समितिले दियो भूकम्प पीडितलाई २५ लाख‌को राहत

केन्द्रभाग मिडिया

पोखरा ।
सर्वेश्वर व्यवसायी समिति, पोखरा ४ गैह्रापाटनले भूकम्प पीडितलाई २५ लाख‌ रुपैया बरावरको राहत वितरण गरेको छ ।

गत १७ कार्तिकमा गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर त्यहाँका पीडिहरुलाई व्यवसायी द्वारा राहत वितरण गरिएको हो । जाजरकोट जिल्ला , वेलकोट गाउँ पालिका वडानं ४ का करीब १५० पीडित परिवारलाई राहत वितरण गरिएको समितिका उपमहासचिव माधवराज बरालले जानकारी दिए ।

समितिका अध्यक्ष बालकृष्ण भण्डारीको नेतृत्वमा गएको समितिको टोलीले जाजरकोटको वेलकोट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष विष्णुबहादुर राउत, पत्रकार हरिहर सिं राठौर , स्थानीय अगुवा आनन्द नेपालीको रोहवरमा एक कर्यक्रम गरी राहत वितरण गरिएको समितिका कार्यक्रम संयोजक सदस्य शिव प्रसाद भण्डारीले जानकारी दिए ।

समितिले भूकम्प पीडितका लागी न्यानो लत्ता कपडा, जुत्ता चप्पल, स्कुल स्वेयटर, झोला , बिभिन्न खाद्य सामाग्री, बिस्कुट चाउचाउ लगायतका राहत सामाग्री वितरण गरेको हो।

सर्वेश्वर व्यवसायी समिति पोखरा ४ गैह्रापाटनद्वारा बिभिन्न समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यमा समेत कृयाशिल हुँदै आएको समितिका प्रथम उपाध्यक्ष तुलबहादुर थापाले जानकारी दिए ।

  • ११ पुष २०८०, बुधबार १९:५८ प्रकाशित