यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४६ रुपैयाँ २० पैसा र बिक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

  • १० पुष २०८०, मंगलवार १०:३२ प्रकाशित