आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो तीन बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताइसकेका छन् ।

प्रचण्ड अघिल्लो वर्ष १० पुसमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा समिकरण फेरिएसंगै उनी कांग्रेससहितको आलोपालोमा सरकार सञ्चालन गर्ने सहमति अनुरुप उनले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण लिइरहेका छन् ।

प्रचण्डको कार्यकक्षमा मन्त्री स्वयम् उपस्थित भएर प्रगतिविवरण प्रस्तुत गरिरहेका छन् ।

  • १० पुष २०८०, मंगलवार ०८:३३ प्रकाशित