चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया, बेलायत लगायतका राष्ट्रहरूसँग कूटनैतिक पहल भइरहेको जनाएको हो ।

मन्त्रालयले सरकारको एक वर्ष पुरा हुन लागेको अवसरमा तयार गरेको एक वर्षे कार्य प्रगतिमा नेपालबाट अनधिकृत रूपमा चोरी पैठारी भएका सांस्कृतिक सम्पदाहरूमध्ये एक वर्षमा १० वटा मूर्ति नेपाल फिर्ता ल्याइएको जनाएको छ । यस्तै ६ वटा मूर्ति आवश्यक प्रक्रिया पुरा भएर नेपाल फिर्ता हुने क्रममा रहेको पनि मन्त्रालयको भनाइ छ ।

  • ८ पुष २०८०, आईतवार १५:३० प्रकाशित